सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–७, पोखरी टोल निवासी पूर्वशिक्षक विन्देश्वर सिंहको भारतमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ।
महाकुम्भ स्नानका लागि भैरहवा नाकामार्फत भारततर्फ जाँदै गर्दा प्रयागराज नजिक भारतीय भूमिमा गाडी दुर्घटनामा परेर सिंहको ज्यान गएको हो। उनी ईश्वरपुर नगरपालिका–३, भक्तिपुरस्थित सरस्वती माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक थिए।
ब्रह्मपुरी गाउँपालिकाको नोकेल्वा पुरानो घर भएका सिंह परिवार केही वर्षदेखि बयलवासस्थित पोखरी टोलमा बस्दै आएका थिए। श्रीमती र अन्य आठ जना सदस्यसँगै कुम्भ मेलाका लागि भारत प्रस्थान गरेका उनी दुर्घटनामा परे पनि अन्य सबै सकुशल रहेको पारिवारिक स्रोतले जनाएको छ।
नगर प्रमुख मनोजकुमार आचार्यले सिंहको निधनले नगरले एक बुद्धिजीवी गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। सर्लाहीबाट महाकुम्भ स्नानका लागि जाने भक्तजनहरूको आवागमन निरन्तर रहेको छ।






रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
अधिकारकर्मी रूबी खानले तोडिन अनशन
हुम्लाको नेप्कामा भीषण पहिरो
बाजुरामा चौकी निर्माणमा अवरोध
सरकारले न्यायालयमा राजनीति छिरायो : वर्षमान पुन
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
दलित आन्दोलनलाई एकताबद्ध बनाउन जोड