धनगढी । कैलालीको अत्तरियामा घरको छतबाट खसेर डडेल्धुराका एक जना घाइते भएका छन्।
अत्तरिया चोकमा रहेको सरोज भट्टको ब्यवसायीक घरको छतबाट खसेर डडेल्धुराको अमरगढी नगरपालिका–६ का बब्लु ताम्राकार घाईते भएका हुन। गएराति घरको दोस्रो तलाबाट खसेर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।