धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले अछामि समुदायसँग भेट गरेका छन ।
कैलाली निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत बसोबास गर्दै आएका अछामि समुदायद्वारा विहिवार धनगढीमा आयोजित भेटघाट कार्यक्रममा
प्रतिनिधिसभा सदस्यका उम्मेदवार आलेले शुभकामना व्यक्त गर्दै सम्बोधन गरेका छन्।
कार्यक्रममा बोल्दै उम्मेदवार आलेले कैलालीमा बसोबास गर्ने अछामी समुदायको योगदान उल्लेखनीय रहेको बताए। उनले रोजगारी, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार तथा सुरक्षित बसोबासका सवालमा आफू प्रतिबद्ध रहेको स्पष्ट पारे। “जहाँ बसे पनि हामी सबै नेपाली हौँ, विकास र अवसरबाट कोही पनि वञ्चित हुनुहुँदैन,” उनले भने।
अछामबाट बसाइँसराइ गरी कैलालीमा स्थायी रूपमा बसोबास गर्दै आएका नागरिकका समस्या, चुनौती र अपेक्षाबारे खुलेर छलफल भएको कार्यक्रममा सहभागीहरूले खानेपानी, सिँचाइ, बाटोघाटो स्तरोन्नति, युवाका लागि रोजगारी तथा सामाजिक सुरक्षा जस्ता विषय उठाएका थिए।
आलेले जनताको भावना र सुझावलाई आफ्नो चुनावी एजेन्डामा समेट्दै समावेशी विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। उनले सबै समुदायको साथ र समर्थनले मात्रै समृद्ध कैलाली निर्माण सम्भव हुने उल्लेख गरे।
कार्यक्रममा स्थानीय अगुवा, बुद्धिजीवी तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध अछामे बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले प्रेमबहादुर आलेको उम्मेदवारीलाई समर्थन जनाउँदै कैलाली-५ क्षेत्रको समग्र विकासका लागि सक्षम नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए।






धनुषा–१ मा विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिएको भन्दै नेकपाको आपत्ति
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
रोल्पामा समानुपातिकमा नेकपा पहिलाे
हर्कको श्रम संस्कृति पार्टीले कटायो थ्रेसहोल्ड
समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल बन्दै
स्याङ्जा-२ का मतदाता पदम विश्वकर्माको पक्षमा
मतदाताको घरमा प्रेमबहादुर आले
गदरियाकाे जनलहरले प्रेम आले उत्साहित
कैलारीको गदरियामा प्रेम आलेको समर्थनमा विशाल जनप्रदर्शन
प्रेम आलेको चुनावी अभियानमा पार्टी प्रवेश गर्नेको लर्को