काठमाडौं । निर्वाचन नजिकिँदै गएपनि रोजगारीको खोजीमा विदेशीने नेपालीको संख्यामा कुनै कमि देखिएको छैन । पछिल्लो महिना माघमा मात्र साढे ७० हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।
माघमा वैदेशिक रोजगार विभागबाट ७० हजार ५ सय ३ जनाले श्रम स्वीकृति (पुन श्रम स्वीकृति सहित) लिएका हुन् । त्यसमध्ये ६२ हजार १ सय ६२ पुरुष र ८ हजार ३ सय ४१ महिला छन् ।
फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन मिति तय भएपनि रोजगारी खोज्दै विदेश जान अनुमति लिनेहरुको संख्यामा भने कुनै कमि देखिएको छैन । राजनीतिक दल र उम्मेद्वारहरु प्रचारप्रसारमा व्यस्त रहेकै बेला एकथरी नागरिकहरु भने विदेशको यात्रामा निस्कन धमाधम अनुमति लिईरहेका छन् । श्रम स्वीकृति लिएका मध्ये पहिलो पटक श्रम स्वीकृति लिनेको संख्या ३७ हजार ८ सय १२ छ । जसमा ३२ हजार ८ सय ७४ पुरुष र ४ हजार ९ सय ३८ महिला छन् ।
माघमा सबैभन्दा बढी नेपाली युनाइटेड अरब इमिरेट्स (यूएई) का लागि १५ हजार १ सय ३७ जनाले श्रम स्वीकृति लिएका छन् । जुन् कुल श्रम स्वीकृतिको २१।४७ प्रतिशत हुन्छ ।
त्यस्तै साउदीका लागि ११ हजार ५ सय ९२, कतार ११ हजार ५ सय ८०, मलेसिया १० हजार ३ सय ४१, कुवेत ५ हजार ४ सय ४३ र रोमानियाका लागि ३ हजार ९ सय ४० जनाले श्रम स्वीकृति लिएका छन् । विभागकाअनुसार जापानका लागि १ हजार ७ सय ६०, साइप्रस १ हजार २ सय ५५, ओमान १ हजार २ सय ५ र बहराइनका लागि १ हजार १ सय २७ जनाले श्रम स्वीकृति लिएका छन् ।
चालु आर्थिक वर्ष २०८२र८३ साउनदेखि माघसम्म ७ महिनामा ६ लाख ६१ हजार २ सय २१ जना वैदेशिक रोजगारीमा गएका छन् । जसमा ५ लाख ७६ हजार ५ सय १२ पुरुष र ८४ हजार ७ सय ९ महिला छन् ।






धनुषा–१ मा विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिएको भन्दै नेकपाको आपत्ति
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
रोल्पामा समानुपातिकमा नेकपा पहिलाे
हर्कको श्रम संस्कृति पार्टीले कटायो थ्रेसहोल्ड
समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल बन्दै
स्याङ्जा-२ का मतदाता पदम विश्वकर्माको पक्षमा
मतदाताको घरमा प्रेमबहादुर आले
गदरियाकाे जनलहरले प्रेम आले उत्साहित
कैलारीको गदरियामा प्रेम आलेको समर्थनमा विशाल जनप्रदर्शन
प्रेम आलेको चुनावी अभियानमा पार्टी प्रवेश गर्नेको लर्को