गदरियाकाे जनलहरले प्रेम आले उत्साहित


धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आले को चुनावी अभियान यतिबेला तीव्र बन्दै गएको छ।

कैलारी गाउँपालिका-९ गदरियामा मंगलबार भएको विशाल जनप्रदर्शनपछि उनको टिम थप उत्साहित बनेको छ।

आलेले घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै आएका छन्। “मलाई भोट दिएर मेरो क्षमता जाँच्नुस्” भन्ने उनको सन्देश अभियानभर दोहोरिँदै आएको छ।

उनले शिवगङ्गा नदीमा पक्की पुल निर्माण, सुदूरपश्चिमलाई तीन देशसँग जोड्ने सडक सञ्जाल विस्तार तथा युवाका लागि खेलकुद पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन्।

गदरियामा देखिएको भीडलाई संगठनात्मक शक्ति प्रदर्शनका रूपमा हेरिएको छ। अब यो जनलहर मतदानको दिन कति प्रभावकारी बन्छ भन्ने चासो बढेको छ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ