थ्रेसहोल्ड नजिक श्रम संस्कृति पार्टी, राष्ट्रिय पार्टी बन्ने सम्भावना बलियो


काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी राष्ट्रिय पार्टी बन्ने सम्भावना कायमै देखिएको छ । देशभर समानुपातिक तर्फको मतगणना जारी रहँदा उक्त पार्टीले आवश्यक थ्रेसहोल्ड पार गर्ने सम्भावना जीवित राखेको हो ।

राष्ट्रिय पार्टीको मान्यता पाउन समानुपातिकतर्फ खसेको कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान छ । यसपटकको निर्वाचनमा करिब १ करोड ९ लाखभन्दा बढी मत खसेको अनुमान गरिएको छ । सोही आधारमा राष्ट्रिय पार्टी बन्न झण्डै ३ लाख ३० हजार आसपास मत आवश्यक पर्ने देखिन्छ ।

यो समाचार तयार पार्दासम्म श्रम संस्कृति पार्टीले ३ लाख १ हजार २ सय १७ मत प्राप्त गरिसकेको छ । यस आधारमा पार्टीलाई राष्ट्रिय पार्टी बन्न अब केही हजार मत मात्र आवश्यक देखिएको छ ।

यस्तै समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले ४१ लाख ५९ हजार ६ सय ३ मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेसले झण्डै १४ लाख मत प्राप्त गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११ लाख ७५ हजारभन्दा बढी मत कटाएको छ ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीले ६ लाखभन्दा बढी मत प्राप्त गरेको प्रारम्भिक विवरणमा उल्लेख छ । मतगणना अझै जारी छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ