जुम्ला पुगेर विप्लवले रोपे स्याउ


काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जुम्लाको उर्वर भूमिमा स्याउ खेती विस्तार गर्ने अभियान थालेका छन्।

आइतबार जुम्लाको हिमा गाउँपालिका ७, धौलापानीमा उनले स्याउका बिरुवा रोप्दै औपचारिक रूपमा स्याउ बगैंचा स्थापना कार्यक्रमको उद्घाटन गरेका हुन्।

नेकपाको केन्द्रीय कार्यालयको आयोजनामा भएको कार्यक्रममा करिब १३ हजार वर्गमिटर क्षेत्रफलमा २ हजार स्याउका बिरुवा तथा ४ सय दाँते ओखरका बिरुवा रोपिएको छ।

विप्लवले आर्थिक क्रान्तिबिना मुलुकको स्वाधीनता र आत्मनिर्भरता सम्भव नहुने भन्दै कृषि उत्पादनमा क्रान्तिकारी परिवर्तन ल्याउन आवश्यक रहेको बताए।

आफ्ना नेता तथा कार्यकर्ताहरूलाई कृषि उत्पादनमा संलग्न गराइएको उल्लेख गर्दै भने, ‘अहिले देशभर हामीलाई खान माग्नुपर्ने अवस्था छैन। सबै नेता९कार्यकर्ता उत्पादनमा लागेका छौँ।’

उनले स्थानीय हावापानी र मौसमअनुसारको फलफूल तथा बालीनाली उत्पादन गर्न जोड दिँदै कृषि क्रान्तिबाट मुलुक आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताए।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ