धनगढी : कैलाली क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेम बहादुर आले घरदैलो अभियानमा सक्रिय भएपछि जनताको बीचमा लोकप्रियता बढ्दै गएको देखिएको छ।

स्थानीय मतदाताले उनको नजिकबाट भेटघाट र समस्याको सुनुवाइलाई सकारात्मक रुपमा लिएका छन्।

मतदातासंग आलेले भने, “जनताको मन जित्नु मेरो पहिलो प्राथमिकता हो। चुनाव जित्नुभन्दा बढी, सबैका आवाज सुन्नु र प्रतिनिधित्व गर्नु महत्त्वपूर्ण छ।”

विश्लेषकहरूले उनको लोकप्रियता बढ्नु चुनावी रणनीतिको दृष्टिले महत्वपूर्ण संकेत भएको बताएका छन्।





