हाम्रो मूल्य र मान्यता

बिहान बिउँझने बित्तिकै भुँइतहको खबरसँगै ईन्टरनेटको माध्ययमबाट हामी पलपलको साथी बनेर तपाईहरुलाई बिउँझाउन आएका छौ

सम्पादकीय नीति २०७४
(
) भुँइतहमा भइरहेका सचेत प्रयत्नको पहिचान गरि आशाको सञ्चार गराउनु हाम्रो मूल मान्यता हुनेछ
(
) हरेक खबर विचार भुँइतहमा आशा जगाउने उद्देश्यले प्रवाह गरिनेछ
(
) पत्रकारिताको पेशागत निष्ठा,सम्पादकीय स्वतन्त्रता,खबर सामाग्रीको तटस्थता,विश्वसनीयता, वस्तुनिष्ठता शुद्धतालाई शिरोधार्य गर्नु हाम्रो कर्तव्य हुनेछ
(
) सरकारी तथा गैरसरकारी संस्थाहरुसंग सहकार्य गर्न सकिने प्रायोजित रुपमा सफलताका कथा,परिवर्तनका कथाहरु  प्रकाशन तथा प्रशारण गरिने
(
) कुनै पनि खबर वा सामग्री अन्य स्रोतहरूबाट लिएर प्रकाशन तथा प्रशारण गर्दा स्रोतलाई अनिवार्य उदृत गरिनेछ अनुवाद गरिएका सामग्री प्रयोग गर्दा मूल लेखक मूल भाषा अनिवार्य रुपले उल्लेख गरिनेछ भने अनुवादकको परिचय आवश्यकता हेरी खुलाइने
(
) पत्रकारिता आचारसंहिता २०७३ को पूर्ण रुपले पालना गरिनेछ
(
) यो सम्पादकीय नीतिलाई समयानुकूल परिमार्जन गर्दै अझ सशक्त गतिशील बनाउँदै लगिनेछ
(
) यसमा उल्लेख भएका सबै बुँदाहरूलाई मार्गनिर्देशक सिद्धान्त मानेर उच्च गर्वका साथ आत्मसात गरिनेछ

हाम्रो मूल्य मान्यताहरू

() भुँईतहको खबर सम्प्रेषण गर्न हामी रचनात्मक विचारको संवाहक बन्ने छौ ।
()  पाठक, दर्शक र स्रोतालाई निराश, हतास र उत्तेजित बनाउने गरी हामी कहिल्यै खबर वा विचार प्रवाह गर्नेछैनौ ।
()  हामी नेपालको संविधान ०७२ को अधिनमा रही क्रियाशिल छौं । अनलाइन प्रकाशनका लागि     आवश्यक  कानूनी प्रक्रिया पुरा गरेका छौं ।

() ‘जात व्यवस्थाको जाँतोमा पिसिएकाहरुको पक्षधरताको रुपमा खबर र विचार सामाग्री मार्फत पैरबी गर्नु’ हाम्रो पहिलो प्रयास हुनेछ ।

() समतापोष्ट राज्य सत्ताबाट बिभेदमा परेका समुदायको पक्षमा बहस, विचार विमर्श, विश्लेषण गर्ने खुला थलो हो ।

() समतापोष्टमा प्रकाशित प्रशारित निजी विचारको जवाफदेहिता सम्बन्धित व्यक्तिलेनै हुनु पर्नेछ । सम्पादकीय बाहेकका विचार निजी हुनेछन् ।

() हामी आफ्नो अनुभव र दक्षता सामाजिक न्याय समानताका  पक्षमा उपयोग गर्न चाहन्छौँ ।