हामी किन ?

हामी किन ?

जात व्यवस्थाको जाँतोमा पिसिएकाहरुको कथा पढ्न,हेर्न र सुन्न सकिने थलोको रुपमा समतापोष्ट डटकम नयाँ शैली र स्वरुपमा पुनः सुचारु गरेका छौं । नयाँ वैचारिकी,इतिहासको पुर्नलेखनका साथै भुँइतहको खबर मार्फत जातको प्रश्न संगै प्रतिरोध गर्न आएका छौं । प्रश्न अपरिहार्य छ । हामी भुँइमान्छेका कथाहरु खोज्छौ,उधिन्छौ र शब्द, अडियो र दृश्य मार्फत प्रश्नहरु सोधिरहने छौ । समतापोष्ट मूलधारका मिडियाले सूचनामा गरेको विभेदले जन्माएको विचारप्रधान डिजिटल पत्रिका हो । समता मिडिया सेन्टर प्रा.लि.प्रमुखको नाताले यत्ति भन्छु हामी विभेदमा पारिएकाहरुको सधै पक्षधर रहनेछौं।

 

 

………………

रुक्मणी कार्की

अध्यक्ष