राष्ट्रपति बोल्दाबोल्दै संसद्‌बाट हिंडेको भन्दै कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ


काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री संसद् बैठकबाट बाहिरिएको घटनाबारे स्पष्टिकरण माग गरेको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद वासना थापाले उक्त घटनालाई सामान्य मान्न नसकिने भन्दै प्रधानमन्त्रीको जवाफ आवश्यक रहेको बताइन्।

उनका अनुसार लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमै कमै देखिने घटना संसद्मा देखिएको हो। “राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री संसद्बाट बाहिरिनु सामान्य विषय होइन,” थापाले भनिन्।

उनले संविधान, संसदीय परम्परा र राज्यको उत्तरदायित्वलाई गम्भीर रूपमा लिनुपर्ने भन्दै सरकारलाई सचेत गराइन्। साथै, यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै उनले लोकतन्त्रमा पदभन्दा मर्यादा र जनविश्वास ठूलो हुने धारणा राखिन्।

कांग्रेसले प्रधानमन्त्री बालेन शाह बाट यस विषयमा स्पष्ट जवाफ दिनुपर्ने माग समेत गरेको छ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ