ज्ञानेन्द्र शाहीको प्रश्न-सरकार हो कि आतंकवादी हो ?


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’ले सरकारले सुकुमबासी बस्तीमा डोजर चलाउँदा समय नदिएकोमा विरोध गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले आफू सरकारी सम्पत्तिको संरक्षण गर्नुपर्छ भन्ने पक्षमा रहे पनि समय नदिई हटाइएकोमा आपत्ति जनाए ।

‘अव्यवस्थित बस्ती जोगाउनुपर्छ भन्नेमा म पटक्कै छैन । बागमती किनारको बस्ती नदीको ठाउँमा छ सरकारी सम्पत्ति हडपेका छन्, त्यो हटाउनपर्छ भन्ने मान्यता राख्छु । तर सरकार हो कि आतंकवादी हो ? कति दिनको समय ? म अहिले सरकारका मन्त्रीलाई भन्न चाहन्छु– तपाईं बसेको घर २४ घण्टामा खाली गर्न सक्नुहुन्छ ? सक्नुहुन्छ डेरा सार्न ? त्यसको समय छैन,’ उनले भने, ‘सरकारी सम्पत्ति जोगाउनुपर्छ । तर मानवीय बस्तीमा डोजर चलाउँदैमा विकास हुँदैन । सरकारले सुकुम्बासी बस्तीमा डोजर होइन, हुकुमबासीको मानसकितामा प्रहार गर्नुस् ।’

 


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ