सुकुमबासीले गरे माइतीघरमा प्रदर्शन


काठमाडौं । सुकुमबासीमाथि दमन भएको भन्दै प्रदर्शन भएको छ। केन्द्रीय संयुक्त संघर्ष समिति काठमाडौंद्धारा बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको हो। प्रदर्शनकारीले दमन र महँगीविरुद्ध नरा लगाएका थिए।

सरकारले चैत १२ गतेदेखि काठमाडौं उपत्यकाका नदी किनारामा बस्दै आएका सुकुमबासीहरूलाई हटाएको थियो।

उनीहरूलाई त्यहाँबाट विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। उनीहरूले क्षतिपूर्ति दिनुपर्ने समेत माग गरेका छन्।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ