दार्चुला। दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर एक जना पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ब्याँस गाउँपालिका–२, तल्लो दुम्लिङ्गका २८ वर्षीय नारायण बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए ।
दुम्लिङ्ग (नेपाल) बाट भारततर्फ तुइन मार्फत जाँदै गर्दा डोरी चुडिएर उनी महाकाली नदीमा खसेको उनले बताए। नेपालतर्फ दुम्लिङ्ग र भारततर्फको गर्भाधार क्षेत्रमा वारपार गर्न अवैध रूपमा तुइन लगाउने गरेको पाइएको छ ।
बेपत्ता नारायणसँगै अन्य दुई जना स्थानीय एकै पटकमा तुइन तरिरहेका बेला डोरी चुडिएको बताइएको छ । यस्तै, सँगै तुइन तरिरहेका उनीहरू मध्ये दुई जना सकुशल छन् भने नारायण महाकालीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । घटना मध्यान्ह १२ बजेतिरको भएको उनले जानकारी दिए।
बेपत्ता नारायणको खोजीकार्यका लागि मातहत प्रहरी युनिटहरूलाई निर्देशन दिएको प्रहरी निरीक्षक रावतले बताउनुभयो । घटनास्थल जिल्ला सदरमुकाम खलङ्गाबाट उत्तरमा पर्छ ।






बालेन सरकारको १०० बुँदे कार्यक्रममा हरवाचरवा उपेक्षित
एफएनसीसीआई कार्यकारिणी सदस्यमा सुनिता न्हेम्हाफुकीको उम्मेदवारी
‘सरी’ ले निकाे नहुने घाउ
लाश र माफीकाे राजनिती
पर्यावरणीय सभ्यताबारे सि जिनपिङको विचारमाथि छलफल