सुर्खेत । आयुर्वेदिक औषधि उत्पादनलाई गुणस्तरीय, सुरक्षित र वैज्ञानिक बनाउने उद्देश्यले आयुर्वेदमा काम गर्नेहरूका लागि कर्णाली प्रदेशमा तीन दिने सुसंस्कृत उत्पादन अभ्यास सम्बन्धी आयुर्वेद तालिममा सहभागी भएका छन् ।
कर्णाली प्रदेश सरकार अन्तर्गत प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेतको आयुर्वेद उत्पादन शाखाद्वारा आयोजित तालिममा सिंहदरबार वैद्य खाना विकास समितिका कार्यकारी निर्देशक डा. प्रदीप के.सी., आयुर्वेद उत्पादन केन्द्र चितवनका औषधि व्यवस्थापक तथा फार्मासिस्ट, प्रदेशका १० वटै जिल्लाका आयुर्वेद कार्यालय प्रमुख, चिकित्सक, फार्मासिस्ट तथा उद्योग मन्त्रालयका कर्मचारी गरी करिब ४० जनाको सहभागीहरूलाई सुरक्षित र गुणस्तरीय औषधि उत्पादन लागि अभ्यास मुलक रूपमा तालिमको आयोजना गरिएको हो ।
तालिममा औषधि उत्पादनका स्वच्छ र व्यवस्थित प्रक्रिया, कच्चा पदार्थको व्यवस्थापन, उत्पादनको गुणस्तर परीक्षण, प्रयोगशाला अभ्यास तथा अभिलेख व्यवस्थापनबारे प्राविधिक प्रस्तुति र व्यावहारिक अभ्यास गरिएको थियो । सहभागीहरूले अनुभव आदान–प्रदान गर्दै आयुर्वेद औषधि उत्पादनलाई अझ व्यवस्थित र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेश सरकारले आयुर्वेद सेवा विस्तार, जनस्तरमा पहुँच अभिवृद्धि तथा औषधिको गुणस्तर सुनिश्चिततामा विशेष प्राथमिकता दिएको बताए ।
कार्यक्रमका अध्यक्ष तथा प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका निमित्त निर्देशक डा. लक्ष्मी नारायण तिवारीले औषधि उत्पादनमा सुसंस्कृत उत्पादन अभ्यासको पालना अनिवार्य भएको उल्लेख गर्दै यस्तो तालिमले प्रदेशमा गुणस्तरीय आयुर्वेद औषधि उत्पादन प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे ।






लैङ्गिक हिंसाप्रति संवेदनशील बन्न प्रहरीलाई अभिमुखीकरण
रोगले भन्दा राज्यको प्रणालीले मार्ने देश !
गणेश नेपालीका परिवारले दिए प्रहरीमा जाहेरी
९ बुँदे सहमतिपछि आन्दोलन रोकियो
सरकारको ज्यादती विरुद्ध माईतिघरमा प्रदर्शन (तस्विरहरु)