‘बिना मगर’ संघर्षको जीवित इतिहास


काठमाडौं : जनयुद्धको कठोर बाटो रोज्दा उनले उमेर हेरिनन् । पिडा गनिनन । जेलनेल, यातना, अपमान-सबै सहेर पनि उनी झुकेनन्। त्यो संघर्ष सकिन नपाउँदै जीवनले अर्को बज्रपात गर्‍यो । अल्पायुमै आफ्ना जीवनसाथी, प्रकाश दाहाललाई गुमाउनुपर्‍यो।

एक श्रीमतीका लागि, एक आमाका लागि, एक महिलाका लागि-योभन्दा ठूलो चोट के हुन सक्छ ?

मन भित्रको आँसु कसैले देखेन, रातभरको रुवाइ कसैले सुनेन। तर बिहान हुँदा उनी फेरि उठिन्। आँसु पुछिन्। र भनिन्- “म रोएर बस्दिनँ, म लडिरहन्छु।”

आफ्नो निजी दुःखलाई छातीभित्र थुनेर उनले राजनीतिक यात्रालाई निरन्तरता दिइन्।

कञ्चनपुर–१ बाट उनी जनताको विश्वास जितेर संसदसम्म पुगिन्। त्यो जित पदका लागि मात्रै थिएन, कञ्चनपुरकी छोरीमाथि गरिएको भरोसाको जित थियो।

त्यो छोटो कार्यकालमै उनले विकास निर्माणका लागि थुप्रै पहल गरिन् । सडक, शिक्षा, स्वास्थ्य, र जनसरोकारका विषयमा उनको उपस्थितिले राज्यलाई कञ्चनपुर सम्झाइरह्यो।
हो, राजनीतिक यात्रामा सबै कुरा पूर्ण हुँदैनन्।
सिकाइका क्रममा केही कमजोरी देखिन सक्छन्, केही अपूर्णता हुन सक्छन्।

तर एउटा कुरा स्पष्ट छ- उनको नियतमा कहिल्यै खोट थिएन।
उनी सत्ता खोज्न राजनीतिमा आएकी होइनन्, पीडाबाट जन्मिएको जिम्मेवारी बोकेर आएकी हुन्।

आज चुनावको घडीमा हामीले एउटा गहिरो प्रश्न सोध्नैपर्छ-
जनताले कसलाई जिताउने, कसलाई हराउने भन्ने मात्रै होइन,
राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा कञ्चनपुरको आवाज कसले पुर्‍याउन सक्छ ?

कसको पहुँच छ ? कसले यहाँको पीडा केन्द्रसम्म सुनाउन सक्छ ?
विना मगर कुनै बाहिरकी नेता होइनन्।
उनी युद्धकी लडाकु हुन्, कञ्चनपुरकी चेली हुन्।

पीडा बुझेकी, अभाव देखेकी, र संघर्षबाट खारिएकी महिला हुन्।
उनले चाहे भने विकासका ढोका ढकढक्याउने हैसियत राख्छिन्, पहल गर्ने साहस राख्छिन्।
त्यसैले आज जरुरी छ ।
पार्टीको झण्डाभन्दा माथि उठेर सोच्ने।
पूर्वाग्रहभन्दा माथि उठेर हेर्ने।
र आँसु, संघर्ष र नियतको कदर गर्ने।
यो चुनाव केवल मतपत्रमा छाप लगाउने कुरा होइन,
यो पीडामाथि भरोसा गर्ने कि नगर्ने निर्णय हो।
विना मगरको कथा सुन्दा आँखा रसाउँछ,
तर उनको यात्राले भन्छ
संघर्ष कहिल्यै व्यर्थ हुँदैन।
त्यसैले एकपटक तारामा मतदान


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ