धनगढी । नेपाल मगर विद्यार्थी संघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा नेपालका प्रथम सहिद लखन थापा मगरको १४९ औँ स्मृति दिवस तथा दीप प्रज्वलन कार्यक्रम धनगढीमा सम्पन्न भएको छ।
धनगढीकाे क्याम्पस राेडस्थित कैलाली बहुमुखी क्याम्पस गेट अगाडी साझ ५ बजे दिप प्रज्वलन गरिएकाे नेपाल मगर विद्यार्थी संघ केन्द्रिय सदस्य तथा सुदुरपश्चिम इन्चार्ज मनाेज पुन मगरले जानकारी दिए ।

कार्यक्रममा सहभागी वक्ताहरूले लखन थापा मगरले अन्याय, अत्याचार र निरंकुश जहानिया राणा शासनविरुद्ध गरेको साहसिक विद्रोहको स्मरण गर्दै उनको योगदान नेपाली इतिहासमा अविस्मरणीय रहेको बताएका थिए। उनीहरूले राष्ट्रिय एकता, समानता र पहिचानको आन्दोलनमा लखन थापाको भूमिका प्रेरणादायी रहेको उल्लेख गरे।
कार्यक्रम अन्तर्गत सहभागीहरूले दीप प्रज्वलन गरी सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। मगर समुदायका अगुवा, विद्यार्थी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।

वक्ताहरूले इतिहासको सही मूल्यांकन गर्दै नयाँ पुस्तालाई सहिदहरूको योगदानबारे जानकारी गराउनु आजको आवश्यकता भएको बताएका थिए। साथै, लखन थापा मगरको आदर्श र बलिदानबाट प्रेरणा लिँदै सामाजिक न्याय र समावेशीताका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।






धनुषा–१ मा विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिएको भन्दै नेकपाको आपत्ति
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
रोल्पामा समानुपातिकमा नेकपा पहिलाे
हर्कको श्रम संस्कृति पार्टीले कटायो थ्रेसहोल्ड
समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल बन्दै
दलित नेतामा ‘वैचारिक संकट’ कि अवसरवादको उग्र रूप ?
‘संघर्षको आवाज संसदमा उठाउन चाहन्छु’ : गणेश विश्वकर्मा
प्रेम आलेसहित कैलाली–५ का उम्मेदवार खुल्ला बहसमा
‘खुला बहस छाेडेर हिँडे’ यज्ञराज ढुंगाना
‘पदम विश्वकर्मा : जनयुद्धले जन्माएको वैचारिक नेता’