काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको बताएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा बागमती प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ र तराई भू-भागमा मौसम मुख्यतया सफा छ ।
बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा बाँकी पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
यसैगरी, देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
शुक्रबार सातै प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।
यसैगरी, सबै प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।






कृषि बधुवा मजदुरको पुनःस्थापनाका लागि सरकारलाइ दबाब
बालेन सरकारले निजी क्षेत्रलाई आतंकित बनायो : रामकुमारी झाँक्री
सम्पत्ति छानबिन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छ : वर्षमान पुन
अन्तर्राष्ट्रिय जगतमै लाज हुने गरी संसद्मा पत्रकारलाई दुःख नदिइयोस् : खगेन्द्र सुनार
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गरियोस् : अर्जुन नरसिंह केसी
एसईईको नतिजा आउँदै