काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको छ।
आज बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार संसदीय दलको बैठकले उनलाई दलको नेतामा चयन गरेको हो।
केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले बालेनलाई दलको नेता बनाउने प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको जानकारी पार्टीका प्रवक्ता मनिष झाले दिएका छन्।
रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै निर्वाचनमा सहभागी भएको थियो। उनी झापा–५बाट निर्वाचित भएका हुन्।






गणेशलाई शहीद घोषणा गर्न स्वतन्त्र दलित नागरिक समाजको माग
गणेशलाई न्याय दिलाउन नेपाल दलित संघकाे माग
गणेश नेपाली मृत्यु प्रकरण : नेपाल दलित मोर्चाको गम्भीर ध्यानाकर्षण
कविता : सरकार मलाई पनि जलाएर मार !
कविता : आगोको प्रश्न
संविधान संशोधनको बहस : दलितका अधिकार संकुचनको जोखिम !
संविधान संशोधनकाे बहस : दलितका सवालबारे विमर्श
संविधान संशोधनमा दलितकाे चासो