काठमाडौं : नेकपा सम्बद्ध जेन-जी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरी पक्राउ गरेको छ । बिहान ११ बजे सादा पोसाकका प्रहरीले ‘पार्टीका मान्छे हौँ, काम छ भन्दै’ अनामनगरबाट उनलाई नियन्त्रणमा लिएका थिए ।
उनलाई पक्राउ गरेलगत्तै भद्रकालीस्थित प्रहरी परिसरमा पुर्याइएको तिमल्सिनाले शिलापत्रलाई जानकारी दिइन् । सरकारको आलोचना गरेको हुँदा आफूलाई प्रहरीले पक्राउ गरेकाे उनले जानकारी दिइन् ।
तिमल्सिनाका अनुसार प्रहरीले आइन्दा सरकार विरोधी कुनै पनि भिडियो नबनाउन कागज गराएका छन् । ‘कुनै पनि भिडियो बनाउँदा गृह मन्त्रालयको अनुमति लिनुपर्ने भनियो,’ उनले भनिन् ‘प्रहरी कार्यालयमा लिखित कागज गराएर भर्खर छाडिएको छ ।’
तत्कालीन माओवादी निकट उनलाई पार्टीले २९ असोजमा जेन-जी रेडफोर्सको संयोजक बनाएको थियो । उक्त संगठनले देशभर आफ्नो सञ्जाल विस्तार गरी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।






रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
अधिकारकर्मी रूबी खानले तोडिन अनशन
हुम्लाको नेप्कामा भीषण पहिरो
बाजुरामा चौकी निर्माणमा अवरोध
सरकारले न्यायालयमा राजनीति छिरायो : वर्षमान पुन
प्रधानमन्त्री बालेनलाई कांग्रेसको अल्टिमेटम
बालेन सरकारले निजी क्षेत्रलाई आतंकित बनायो : रामकुमारी झाँक्री
गणेश पराजुलीले बोलेको रेकर्डबाट हटाइयो
अन्तर्राष्ट्रिय जगतमै लाज हुने गरी संसद्मा पत्रकारलाई दुःख नदिइयोस् : खगेन्द्र सुनार