सुर्खेत : सुर्खेतकी १६ वर्षीया इनिसा विककाे बलात्कारपछि हत्या भएको आरोपमा पक्राउ परेका चार जना बालकलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकाल ले कानूनको विवादमा परेका चारै जना बालकलाई अनुसन्धान अवधिभर थुनामै राख्न आदेश दिएका हुन्।
अदालतको आदेशअनुसार उनीहरूलाई बालसुधार गृह पठाइनेछ।
अदालतका सूचना अधिकारी उज्वल रावल का अनुसार घटनाको गम्भीरता तथा प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने निर्णय गरिएको हो।
वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा गत फागुन २३ गते इनिसा बेहोस अवस्थामा फेला परेकी थिइन्। घटनापछि प्रहरीले अनुसन्धान गर्दै संलग्नताको आरोपमा चार जना बालकलाई नियन्त्रणमा लिएको थियो।
उक्त घटनाले सुर्खेतसहित देशभरै आक्रोश र चिन्ता बढाएको छ भने पीडितलाई न्याय दिनुपर्ने मागसहित विभिन्न स्थानमा विरोध प्रदर्शनसमेत भइरहेका छन्।






कविता : सरकार मलाई पनि जलाएर मार !
कविता : आगोको प्रश्न
गणेश नेपालीलाई न्याय देउ : प्रदिप परियार
गणेश नेपालीको निधनपछि माइतीघरमा प्रदर्शन
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन