काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन् । महामन्त्री प्रदीप पौडेलले दलको नेतामा आङ्देम्बेलाई बनाउने सहमति भएको बताए ।
विश्वप्रकाश शर्मा संयोजकत्वको समितिले संसदीय दल नेता आकांक्षीहरू र सांसदहरूसँग चरणबद्ध रूपमा गरेको छलफलपछि आङ्दम्बेलाई बनाउने निश्चित गरेको हो । समितिले संसदीय दल नेताका रूपमा प्रस्ताव गर्न सभापति गगन थापालाई नाम दिएको हो ।
अर्जुननरसिंह केसी, आङ्देम्बे र मोहन आचार्यले दाबी गरेका कारण कांग्रेसले दलको नेता चयन गर्न सकेको थिएन। सभापति थापाले अहिले सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा यसबारे जानकारी गराउनेछन्।
आङ्देम्बेलाई पूर्व सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षको समेत समर्थन रहेको बताइन्छ । उनलाई सर्वसम्मतिमा दलको नेता चयन गर्न उपसभापति शर्माको पनि रुची रहेको थियो ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट जितेको थियो। कांग्रेसको संसदीय इतिहासमा २०६४ सालको निर्वाचनपछि संसदीय दलको नेता सर्वसम्मत चयन हुन सकेको थिएन ।






कृषि बधुवा मजदुरको पुनःस्थापनाका लागि सरकारलाइ दबाब
बालेन सरकारले निजी क्षेत्रलाई आतंकित बनायो : रामकुमारी झाँक्री
सम्पत्ति छानबिन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छ : वर्षमान पुन
अन्तर्राष्ट्रिय जगतमै लाज हुने गरी संसद्मा पत्रकारलाई दुःख नदिइयोस् : खगेन्द्र सुनार
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गरियोस् : अर्जुन नरसिंह केसी
प्रधानमन्त्रीले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन् : गगन थापा
प्रधानमन्त्री बालेनलाई कांग्रेसको अल्टिमेटम
संसदमा बोल्न नपाएको भन्दै सांसद पार्वती विकको असन्तुष्टि
बालेनलाई घनश्याम भुसालको चेतावनी : ओलीको जस्तै नियति भोग्नु नपरोस्