काठमाडौँ । सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली गराउन अवलम्बन गरेको विधि, प्रक्रियाका विषयमा निर्णयसहितको कागजात झिकाउन आदेश गरेको छ ।
न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार पाँच बुँदामा सुकुम्बासी बस्ती खाली गराउन गरेको निर्णयसहितको कागजात झिकाउने आदेश गरेको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय भई लागू गरिएको शासकीय सुधारसम्बन्धी सय बुँदे दस्तावेजको बुँदा नं ९१ मा उल्लेख भएबमोजिम तथा नेपालको संविधान, आवासको हकसम्बन्धी ऐन, २०७५, अदालतको आदेशमा जारी निर्देशनअन्तर्गत अवलम्बन गर्नुपर्ने बाध्यात्मक विधि, प्रक्रियाहरू के–कसरी अवलम्बन गरिएको हो रु सोसम्बन्धी निर्णयसहितको कागजातहरू आदेशमार्फत माग गरिएको हो ।
साथै, अदालतले खाली गराइएको बस्तीबाट हटाइएकारबहिर्गमन भएका परिवारहरूको पुनर्बासरदैनिक खानपिनरज्येष्ठ नागरिक, बिरामी, अपाङ्गता भएका व्यक्तिहरूको औषधोपचाररसरसफाइ एवं बालबालिकाहरूको शिक्षासम्बन्धी वैकल्पिक व्यवस्थालगायत न्यूनतम मानवअधिकारको अवस्था के–कस्तो रहेको छ रु सो सम्बन्धमा गरिएको प्रबन्धको वस्तुपरक विवरण पनि माग गरेको छ ।
माजिद अन्सारीसमेतले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत विपक्षी राखि दायर गरेको सो रिट निवेदनमा अदालतले दुवै पक्षको छलफलका लागि पनि यही वैशाख २३ गतेका लागि बोलाएको छ । साथै, आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएका मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनेको हो ।






संघीय संसद्को अधिवेशन वैशाख २८ गते आह्वान गर्न सरकारको सिफारिस
सुकुम्बासी बस्ती हटाउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश
बेमौसमी तरकारी खेतीबाट मनग्गे आम्दानी
ट्रेड युनियन खारेजको निर्णय फिर्ता नभए कर्मचारी संगठनले आन्दोलन गर्ने
बालेन सरकारविरुद्ध नेकपा संयुक्त आन्दोलन गर्ने
बागमती किनारमा बगिरहेका आँसुले कसरी नेपाल हाँसिरहेको देखिन्छ ? : प्रदीप ज्ञवाली
प्रकाश ज्वाला नेकपाको प्रवक्ता
नेकपा संयोजन समितिको बैठक बस्दै
दुई अध्यादेश ल्याउँदै सरकार