काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्।
संघीय सरकार र स्थानीय तहको समन्वयमा वैशाख १२ गतेदेखि विभिन्न स्थानमा डोजर प्रयोग गरी बस्ती खाली गराइएको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार वैशाख १२ देखि २१ गतेसम्म १६ वटा बस्ती हटाइएको हो।
थापाथली, गैरीगाउँ, मनोहरा, कालोपुल, बल्खु, बंशीघाट, शंखमुल, कालीमाटी, बालाजु, स्वयम्भू, गौशाला, धोबीखोला, तेन्जिङचोक, कृष्ण मन्दिर, कपन र साततले क्षेत्रमा डोजर प्रयोग गरी बस्ती खाली गरिएको प्रशासनले जनाएको छ।
यस क्रममा २ हजार ५०१ परिवार विस्थापित भएका छन्। विस्थापितमध्ये ६ हजार ८५८ महिला, ५ हजार २३५ पुरुष, १ हजार ४३७ बालक र १ हजार ६९६ बालिका रहेका छन्।
प्रशासनका अनुसार १७ वटा बस्तीमा ८९० पक्की तथा १ हजार ७९७ कच्ची गरी कुल २ हजार ६८७ घरटहरा भत्काइएको छ।
घरटहरा हटाइएपछि केही परिवार आफैं अन्यत्र सरेका छन् भने केहीलाई सरकारले होल्डिङ सेन्टरमा राखेको जनाएको छ। सरकारले त्यहाँ राखिएका व्यक्तिहरूको वास्तविक सुकुमवासी पहिचान गरी आवश्यक व्यवस्थापन गरिने बताएको छ।






१५ हजारभन्दा बढी सुकुमवासी विस्थापित
किन देखिन्छ डरलाग्दो सपना ?
ट्रेड युनियन खारेज गर्ने कदम असंवैधानिक : सीके राउत
बुटवलका सुकुमबासीले गरे सरकारविरुद्ध प्रदर्शन
सारङ्गीको धुनले धानेको जिन्दगी
आज विश्व दम दिवस मनाईयो