काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र साह संसदप्रति जिम्मेवार र उत्तरदायी नहुञ्जेलसम्म संसदमा आफ्नो पार्टीको विरोध जारी रहने बताएका छन् ।
बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारको गृहमन्त्री समेत प्रधानमन्त्री स्वयं भएको उल्लेख गर्दै मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिनुपर्नेमा जोड दिए । उनले गृह मन्त्रालयमाथि सुकुम्वासी बस्ती खाली गराए लगायतका विषयमा प्रश्न उठेको भन्दै त्यसको जवाफ संसदमा दिनुपर्ने बताए ।
उनले भने ‘हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ । यदि सरकारको आलोचना गर्दैमा र संसदप्रति उत्तरदायी बनाउने कुरा आएकै आधारमा निलम्बन गरिन्छ भने पनि हामी रेडी छौँ ।’
उनले सरकारको आलोचना गरेकै आधारमा निलम्बन गरिन्छ भनेपनि आफूहरू तयार रहेको बताए ।






गणेशलाई शहीद घोषणा गर्न स्वतन्त्र दलित नागरिक समाजको माग
गणेशलाई न्याय दिलाउन नेपाल दलित संघकाे माग
गणेश नेपाली मृत्यु प्रकरण : नेपाल दलित मोर्चाको गम्भीर ध्यानाकर्षण
कविता : सरकार मलाई पनि जलाएर मार !
कविता : आगोको प्रश्न
संविधान संशोधनको बहस : दलितका अधिकार संकुचनको जोखिम !
संविधान संशोधनकाे बहस : दलितका सवालबारे विमर्श
संविधान संशोधनमा दलितकाे चासो