भारतीय राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र


नयाँ दिल्ली : भारतका लागि नेपाली राजदूत डा.शंकर प्रसाद शर्माले आज भारतीय राष्ट्रपति द्रौपदी मुर्मुलाई आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

भारतको राष्ट्रपति भवनमा राजदूत शर्माले ओहदाको प्रमाणपत्र बुझाएका हुन् । उक्त कार्यक्रममा नेपाली राजदूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापा र सैनिक सहचारी कर्नेल प्रकाश लामिछाने लगायतको उपस्थिति थियो ।

भारतको राष्ट्रपति सचिवालयले राष्ट्रपति भवनमा आयोजित एक समारोहमा आज कम्बोडिया, मालदिभ्स, सोमालिया, क्यूबा र नेपालका राजदूत तथा उच्चायुक्तहरुले आफ्नो ओहदाको प्रमाण पत्र राष्ट्रपतिलाई बुझाएको जनाएको हो।

आज कम्बोडियाकी राजदूत रथ मैनी, मालदिभ्सका उच्चायुक्त ऐशथ अजीमा, सोमालियाका राजदूत डा. अब्दुल्लाही मोहम्मद ओडोवा, क्यूबाका राजदूत जुआन कार्लोस मार्सन एगुइलेरा र नेपालका राजदूत डा. शंकर प्रसाद शर्मा आफ्नो ओहदाको प्रमाण पत्र बुझाएका हुन।

राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई गत पुस ३ मा भारतका लागि राजदूत नियुक्त गरेका थिए । उनले पुस ८ मा पदको शपथ लिएका थिए ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ