धनगढी । पछिल्लो अवस्थामा गुणस्तर शिक्षाको नाममा निजी विद्यालय खुल्ने क्रम बढ्दो छ । कैलालीमा अहिले थप्रै निजी विद्यालयहरु संञ्चालनमा रहेका छन् । ति मध्यै महिलाहरुले नै सञ्चालन गरेका विद्यालय भने अरु भन्दा कसरी फरक बन्न सफल भएको भन्ने विषयमा एरिष्टो ईंङलिस बोर्डिंग स्कुलका प्राचार्य शान्ति अधिकारी क्षेत्रीसंग गरेको कुराकानी
स्कुल सञ्चालन गरेको कति वर्ष भयो ?
मेरो बिवाह हुनु भन्दा दुई वर्ष अगाडी २०४९ सालमा मेरो श्रीमान हरि क्षेत्रिले ४० विद्यार्थीबाट स्कुल सञ्चालन गर्नु भयो । विबाह पछि स्कुलको सबै जिम्मेवारी म आफै समालिरहेको छुँ । अहिले एरिष्टो स्कुलमा १८ सय १५ जना विद्यार्थी अध्ययनरत छन् । शुरुवाती दिनमा यसको प्रधानाध्यापक र नेतृत्व क्षेत्री सरले गरेपनि यो स्कुललाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने जिम्मेवारी निर्बाह गर्न लागेको पनि लगभग ३० भयो । मेरो मेहनत, त्याग र तपस्याले गर्दा एरिष्टो हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । जुन कारण म एकदमै खुशी छुँ ।
तपाईँको विद्यालय अरू भन्दा के कुरामा फरक छ ?
एरिष्टो स्कुल अरु स्कुल भन्दा धेरै फरक पाउँनु हुन्छ । यहाँ अतिरिक्त क्रियाकलापदेखि लिएर पढाउने शैलीमा पनि फरक छ ।
कसरी फरक वा उत्कृष्ट देखाउनुहुन्छ ?
विद्यालयबाट पास आउट बाहिर गएका विद्यार्थीहरूको जुन जीवन छ नि उहाँहरूले एकदमै राम्रो फिल्ड बनाउनु भएको छ । आफ्नो जीवनलाई राम्रोसँग स्थापना गर्नुभएको छ । राम्रो पेशाहरु अङ्गाल्नुभएको छ । अहिले पनि यहीबाट अध्ययन गरेका विद्यार्थीहरू ठुलो ठुलो कार्यालयमा आबद्ध छन् । जस्तो सेती प्रादेशिक अस्पतालमा डा.शङ्कर अधिकारी हुनुहुन्छ । त्यस्तै अर्का रुपेश भण्डारी हुनुहुन्छ । कोही बैंकमा म्यानजर भएर काम गर्दैछन् त कोही आफै स्कुल खोलेर राम्रो प्रगति गरिहरेका छन् यिनै थुप्रै यस्ता विद्यार्थीहरूको प्रगतिले फरक वा उत्कृट देख्न सक्नु हुन्छ ।
तपाई आफ्नो विद्यालयमा पढाउने शैली फरक छ भन्नु हुन्छ, कुन विधिबाट पढाउनु हुन्छ ?
अहिलेको समय भनेको प्रविधिको हो । थुप्रै प्रविधि प्रयोग गरेका बालबालिकाहरूलाई अध्यापन गराउँदै आएका छौँ । पहिलाको जस्तो रटेर मात्रै पढाउने चलन यहाँ छैन । बच्चाको मनोविज्ञान र बच्चालाई नितान्त आवश्यक र करिकुलम वेश सहित अन्य कुराहरू पनि हामीले प्रयोगात्मक तरिकाले बच्चाहरूलाई अध्यापन गराउँदै आइरहेका छौँ ।
गुणस्तरीय शिक्षा र उत्कृष्ट विद्यार्थी उत्पादनका लागि तपाईँ कस्तो खाले नेतृत्व गरिरहनु भएको छ ?
उत्कृष्ट शिक्षाकोलागि हामीले थुप्रै कामहरू गरेका छौँ । जस्तो विद्यार्थीहरूलाई नितान्त आवश्यक करिकुलम पढाउने, त्यो कक्षमा अध्यापन गराउनको लागि आवश्यक सम्पूर्ण बस्तुहरू उपलब्ध गराउने देखि लिएर प्रोजेक्ट, स्मार्ट बुकको प्रयोग गर्ने, कम्प्युटर ल्याब, साइन्स ल्याबहरूको प्रयोग गर्ने साथै हरेक शुक्रवार खेलकुद गर्ने । म्यूजिम कक्षाकोलागि छुट्टै शिक्षक राखेका छौं । हाम्रा विद्यार्थी राष्ट्रपति रनिंगमा पनि उत्कृष्ट नतिजा प्राप्त गरेका छन् यस्ता थुप्रै उदाहरुणहरु छन् ।
तपाई विद्यार्थीको के कुरालाई सफलता मान्नुहुन्छ ?
सबैभन्दा पहिला त हामीले असल र सभ्य मानव निर्माण गर्नुपर्छ । उनीहरुको सोच सकारात्मक हुनु पर्छ । यस्तो सवलामा हामी सानैदेखि नै संस्कारी शिक्षापनि दिन आवश्यक ठान्छौ र दिईरहेका छौं । किताब रटेर सही उत्तरमा बढी नम्बर ल्याउनुभन्दा पनि उसले जीवन उपयोगी शिक्षा प्राप्त गरिरहेका छ की छैन भन्ने कुराहरूलाई हामी विशेष ध्यान दिन्छौ ।
अन्त्यमा केही भन्नु चाहनुहुन्छ ?
सर्वप्रथम म सम्पूर्णलाई धन्यावाद दिन चाहन्छु । तापाई सबैको माया प्रेमले आज एरिष्टो धनगढीकै एउटा उत्कृष्ट विद्यालयका रूपमा स्थापना भएको छ । त्यति हुँदा हुदैपनि विद्यालय भित्रको केही कमी कमजोरी छ भने अश्यपनि हामीलाई ध्यानकर्षण गराईदिनु होला । साथै तपाई हामी सबैको सल्लाह सुझाव र सहयोगले यो स्कुललाई अझै राम्रो र गुणस्तरिय बनाउन सबै साथको अपेक्षा गरेको छुँ ।






संविधान संशोधनको बहस : दलितका अधिकार संकुचनको जोखिम !
संविधान संशोधनमा दलितकाे चासो
संविधान संशोधनकाे बहस : दलितका सवालबारे विमर्श
किन टिकिरह्यो जात व्यवस्था ?
कमरेड प्रचण्डलाई खुलापत्र !