कैलालीकी ममता पक्राउ, साढे ४० लाख जरिवाना


धनगढी । कैलालीकी एक युवती पक्राउ परेकी छिन् । फैसला कार्यान्वयनको क्रममा गोदावरी नगरपालिका–३ मालिका टोलकी ३० वर्षीया ममता खड्का कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा ममतालाई पाँच दिन कैद र ४० लाख ५० हजार जरिवाना तोकेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार घरबाटै पक्राउ गरेको हो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ