काठमाडौँ । हुम्लाको चङ्खेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली–५ डाँफेमा रहेको आधारभूत विद्यालयको भवनमा ठूलो क्षति पुर्याएको छ ।
अचानक परेको असिनापानीसँगै झरेको पहिरोले विद्यालयको भौतिक संरचना भत्काउनुका साथै स्थानीयको खेतीयोग्य जमिन र गोठहरू समेत नष्ट गरेको चङ्खेली–५ का स्थानीय बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिएका छन् ।
पहिरोको चपेटामा परी चङ्खेली–५ का वडाध्यक्ष हर्कधन तामाङ र अर्का स्थानीय धनसिंह तामाङका गोठहरू पुरिएका छन् । ती गोठमा बाँधिएका भेँडाबाख्राहरू समेत पहिरोमा परेर मरेका छन् । पहिरोले गोठ पुरे पनि त्यहाँ भएको क्षतिको यकिन र विस्तृत विवरण भने अझै आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताएका छन् ।
घटनाबारे थप बुझ्न र उद्धारका लागि प्रहरीको एउटा टोली पहिरोग्रस्त क्षेत्रतर्फ प्रस्थान गरिसकेको उनले जानकारी दिएका छन् । हुम्लाको सदरमुकाम सिमकोटबाट उत्तर–पूर्वी दिशामा अवस्थित चङ्खेली गाउँपालिका भित्र तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चारवटा गाउँहरू पर्दछन् । गाउँपालिकाको मुख्य केन्द्र पिप्लाङबाट निकै दुर्गम र टाढा रहेको नेप्का गाउँ पुग्नका लागि मात्रै करिब पाँच घण्टाको पैदल यात्रा तय गर्नुपर्छ ।






रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
अधिकारकर्मी रूबी खानले तोडिन अनशन
हुम्लाको नेप्कामा भीषण पहिरो
बाजुरामा चौकी निर्माणमा अवरोध
सरकारले न्यायालयमा राजनीति छिरायो : वर्षमान पुन
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
‘लालीबजार’ प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित
अनामनगरमा खुल्यो ‘एभरेष्ट कफी बिन्स’ को नयाँ आउटलेट