काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले जितेका पालिका प्रमुखहरूलाई विज्ञसहित राखेर प्रशिक्षण दिन लागेको बताएका छन् । मालिका गाउँपालिका गुल्मीको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफ्नो पार्टीले जितेका पालिकाबाट नै समाजवादउन्मुख कार्यक्रम अघि सार्ने बताउँदैै भने, ‘१२३ वटै पालिका प्रमुख, उपप्रमुखसहित पार्टी नेताहरूलाई केही दिनमै काठमाडौंमा बोलाएर प्रशिक्षण दिँदैछौं । त्यहाँ समाजवादउन्मुख अर्थतन्त्र आ(आफ्नो विशेषता अनुसारको विज्ञ र विशेषज्ञसहितको तालिम दिएपछि हाम्रो नेतृत्वमा रहेका सबै पालिकाहरुले जनताको मन छुने र समृद्धिको यात्रालाई गति दिनेछन् ।’
उनले माओवादीले जितेको पालिकाहरूमा राम्रो काम भइरहेको दाबी गरे ।






गणेश नेपालीको निधनपछि माइतीघरमा प्रदर्शन
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
गणेश नेपालीको न्यायका लागि लड्न नेकपा सांसद विश्वकर्माको अपिल
गणेश नेपालीकाे आत्मदाह प्रयासप्रति स्वतन्त्र दलित नागरिक समाजकाे ध्यानाकर्षण
कृषि स्नातकको भविष्यबारे सरकारलाई सुनिता न्हेमाफुकीकाे प्रश्न, नीतिगत सुधारको माग
संविधान संशोधनको बहस : दलितका अधिकार संकुचनको जोखिम !
संविधान संशोधनकाे बहस : दलितका सवालबारे विमर्श
संविधान संशोधनमा दलितकाे चासो