धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेमबहादुर आलेलाई धनगढी उपमहानगरपालिका–१५ उर्मामा घरदैलो भेटघाटका क्रममा स्थानीय मतदाताले उत्साहजनक साथ दिएका छन्।
घरदैलो अभियानका क्रममा उर्मा पुगेका आलेलाई स्थानीयले “हामीलाई चाहिने नेता तपाईं हो, तपाईं जस्तो खरो बोल्ने र बोलेपछि काम गरेरै छोड्ने नेता चाहिन्छ” भन्दै समर्थन व्यक्त गरेका थिए।
स्थानीय रानाथारु समुदायका मतदाताले डोटीको प्रसिद्ध धार्मिक स्थल बड्डी केदारमा उनले मन्त्री रहँदा गरेको पूर्वाधार विकासको खुलेर प्रशंसा गरे।
“पहिले महिनौँ दिन लगाएर पैदल हिँडेर जानुपर्ने अवस्था थियो, अहिले सडक कालोपत्रे बनेपछि एकै दिनमै पुग्न सहज भएको छ,” एक स्थानीयले भने, “तपाईंले गरेका कामहरू हामीले विभिन्न सञ्चारमाध्यमबाट पनि देखेका छौँ। तपाईं काम गर्ने मान्छे हो, यो पटक यस क्षेत्रबाट तपाईंलाई जिताउँछौँ, हामीबाट ढुक्क हुनुहोस्।”
मतदाताको यस्तो अभिव्यक्तिपछि आले भावुक र उत्साहित देखिएका थिए। उनले शिर निहुराउँदै स्थानीयसँग आशीर्वाद मागेका थिए।
प्रतिक्रिया दिँदै आलेले भने, “तपाईंहरूले मैले विगतमा गरेका राम्रा कामको प्रशंसा गर्नुभयो। राम्रो काम गरे जनताले मूल्यांकन गर्ने रहेछन् भन्ने महसुस भयो। म यस क्षेत्रबाट जिते तपाईंहरूको शिर निहुरिन दिने छैन।”
आफू जनजातिको छोरो भएको उल्लेख गर्दै उनले थपे, “म झुटो बोल्न जान्दिनँ। बोलेपछि काम गरेरै छोड्छु। मेरो कार्यकालमा कैलाली–५ लाई नमूना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्छु।”
कैलाली–५ मा चुनावी माहोल तातेका बेला उर्मामा देखिएको जनसहभागिताले आलेको अभियानलाई थप ऊर्जा दिएको उनका समर्थकहरूको दाबी छ।






रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
अधिकारकर्मी रूबी खानले तोडिन अनशन
हुम्लाको नेप्कामा भीषण पहिरो
बाजुरामा चौकी निर्माणमा अवरोध
सरकारले न्यायालयमा राजनीति छिरायो : वर्षमान पुन