धनगढी, ९ फागुन । कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता प्रेमबहादुर आलेले धनगढीस्थित नव जीवन अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा सहभागी हुँदै रक्तदान गर्नुभएको छ।
बैतडी समाज कैलाली ले आयोजना गरेको उक्त कार्यक्रममा समाजसेवा र मानवताको भावनालाई आत्मसात् गर्दै नेता आले स्वयं उपस्थित भई रक्तदान गर्नुभएको हो।
रगत अभावका कारण बिरामीले दुःख पाउनु नपरोस् भन्ने उद्देश्यले आफूले रक्तदान गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “रक्तदान जीवनदान हो, सबै स्वस्थ नागरिकले नियमित रक्तदान गर्नुपर्छ।”
कार्यक्रममा नेपाल प्रहरी, निर्वाचन प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीयवासी तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
आयोजक बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले रक्त अभाव न्यूनीकरण गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।
रक्तदान कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै मानव सेवामा राजनीतिक नेतृत्वको सक्रिय भूमिका पनि उजागर गरेको सहभागीहरूले बताएका छन्।






खानेपानी उपभोक्ता समितिका लागि तीन दिने क्षमता विकास तालिम