काठमाडौं : सरकारले आइतबार बिहानै भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा डोजर चलाएको छ ।
काठमाडौं महानगरपालिकाको डोजरसहितको टोलीले घरटहरा भत्काउन सुरु गरेको हो ।
शनिबार साँझनै भत्काउन थालेको बस्ती स्थानीयको अवरोधका कारण रोकिएका थियो । हिजो २२ सुरक्षाकर्मी घाइतेसमेत भएका थिए । आज थप सुरक्षा सतर्कतासहित घरटहराहरु भत्काउन थालिएको हो । उपत्यकाका ३ वटै जिल्लाका प्रहरीलाई यस क्षेत्रमा परिचालन गरिएको छ ।
यस बस्तीमा ७ सय ७७ घरटहरा छन् । यसअघि शनिबार साँझ पनि यहाँ सात वटा ठूला पक्की घर भत्काइएका थिए ।
सरकारले शनिबार थापाथली, गैरीगाउँ र शान्तिनगरका नदी किनारका बनाइएका संरचना भत्काएको थियो ।






राज्यको डोजर आतंकले ‘हार स्वीकारेका’ सुकुमबासी !
कुपिन्डे दहको किनारमा चलचित्र महोत्सव
सुकुमवासीको अवस्था बुझ्न मानवअधिकार आयोगको टोली फिल्डमा
मनोहरा सुकुमवासी बस्ती भत्काउन १९ सय सुरक्षाकर्मी परिचालन
नवीन अभिलाषीको ‘दहाड’ विमोचन
खानेपानी उपभोक्ता समितिका लागि तीन दिने क्षमता विकास तालिम
गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्यो डोजर
सुकुम्बासीलाई कहाँ-कहाँ राखिँदैछ ?
कैलालीमा वृद्ध मृत फेला
शुक्लाफाँटाबाट विस्थापितका समस्या समाधानको प्रयासमा सरकार