काठमाडौँ : शान्तिपूर्ण रुपमा काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ । सरकारले बागमती नदी किनारका सार्वजनिक जग्गाबाट सुकुमबासी हटाउन निर्देशन दिएसँगै आज बिहानैदेखि त्यहाँ बसिरहेकाहरु अन्यत्र गएका हुन् । उक्त क्षेत्रमा ठूला सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
थापाथलीका अनधिकृत टहरा हटाइसकेपछि आजै काठमाडौँ महानगरपालिका–९ गैरीगाउँको सुकुमबासी बस्ती पनि खाली गर्ने तयारीमा आफूहरु रहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
काठमाडौंको नदी किनारमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीहरूलाई स्थानान्तरण गर्न सरकारले होल्डिङ सेन्टरु हरू तयार पारेको छ। पहिलो चरणमा काठमाडौंका तीन प्रमुख क्षेत्र— थापाथली, गैरीगाउँ र मनोहराका बस्तीहरू हटाउने तयारी गरिएको हो।
प्रधानमन्त्रीको सचिवालयले शनिबार जारी गरेको विज्ञप्ति अनुसार, वास्तविक भूमिहीन र जायजेथा नभएका परिवारका लागि मानवीय संवेदनालाई ध्यानमा राख्दै तत्कालीन पुनःस्थापनाका लागि पाँचवटा विकल्प अघि सारिएका छन् ।






गणेशलाई शहीद घोषणा गर्न स्वतन्त्र दलित नागरिक समाजको माग
गणेशलाई न्याय दिलाउन नेपाल दलित संघकाे माग
गणेश नेपाली मृत्यु प्रकरण : नेपाल दलित मोर्चाको गम्भीर ध्यानाकर्षण
कविता : सरकार मलाई पनि जलाएर मार !
कविता : आगोको प्रश्न
बिर्तामोडमा खुल्याे विरु दर्नालकाे ‘मिक्स फ्रुट क्याफे’
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन