काठमाडौं । इरानको इस्फहानका २१ वर्षीय ससन आजादवार जोंगानीलाई फाँसी दिइएको छ।
बीबीसी न्युज फारसीका अनुसार उनलाई यही वर्षको जनवरीमा सरकारविरोधी प्रदर्शनका क्रममा पक्राउ गरिएको थियो। आजादवारलाई इस्फहानको दस्तगार्ड जेलमा फाँसी दिइएको हो।
उनको परिवारनिकट स्रोतले मानव अधिकार वेबसाइट एचआरएएनएलाई बताएअनुसार ‘उनको अन्त्येष्टि बिहीबार दिउँसो सुरक्षित क्षेत्रमा गरिएको थियो, जहाँ उनका १० जना आफन्त मात्र उपस्थित हुन अनुमति दिइएको थियो।’
इस्लामिक गणतन्त्र इरानको न्यायपालिकाले जनवरीमा ‘सरकार ढाल्ने’ उद्देश्यले गरिएको प्रदर्शनको क्रममा ससन आजादवार जोंगानीले ‘अधिकारीहरू बोकेको मिनीबसमा ढुंगामुढा गरेको’ बताएको छ।
ती युवकले आफ्नो वरपरका मानिसहरूलाई पनि इरान सरकार ढाल्न प्रदर्शनमा सहभागी हुन निमन्त्रणा गरेको कुरा स्वीकार गरेको दाबी इरानी न्यायपालिकाले गरेको छ।
मानव अधिकारकर्मीहरूले भने आजादवारको हिरासतको अवस्था, वकिलसम्म उनको पहुँच र उनको बयान कुन परिस्थितिमा लिइएको थियो भन्ने कुरा थाहा नभएको बताएका छन्।






डोजरले समस्या समाधान हुँदैन, पहिले पुनर्स्थापना गर्नुपर्छ : बाबुराम भट्टराई
बुद्ध जयन्तीको दिन गुम्बा भत्काइयो
अध्यादेशबाट शासन गर्न खोज्नु लोकतन्त्र विपरित : भीम रावल
बालाजुका सुकुमबासीको उठिबास
इरानले दियो २१ वर्षे युवकलाई फाँसी