अस्ताइन् सामाजिक सञ्जालमा भाइरल बाजुराकी राधिका


काठमाडौं । सामाजिक सञ्जालमा मौलिक गीत गाएर भाइरल बनेकी राधिका बादीको निधन भएको छ । ४२ वर्षीय राधिकाको आइतबार बिहान कालिकोटको पलाता गाउँपालिका-४ थिरपुमा निधन भएको हो ।

कालिकोट प्रहरी प्रमुख टेकबहादुर रावतका अनुसार राधिका पछिल्लो दुई दिनदेखि बिरामी थिइन् । उनको आइतबार बिहान मृत्यु भएको हो ।

राधिका बादी र उनका श्रीमान् जोगेन्द्र बादी बाजुराको बडिमालिका नगरपालिका–२ का बासिन्दा हुन् । यो जोडी मौलिक लोकगीत गाएर जीविकोपार्जन गर्दै आएको थियो ।

राधिकाको पहिलो घर बझाङमा भए पनि जोगेन्द्रसँग दोस्रो विवाहपछि उनी बाजुरामा बस्दै आएकी थिइन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ