बैतडीमा भरुवा बन्दुक र जनावरको छालासहित एकजना पक्राउ


धनगढी । बैतडीमा भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित एकजना पक्राउ परेका छन् ।

जिल्लाको दोगडाकेदार गाउँपालिका – ८ चौरथली कालागाउका ५१ वर्षीय पाल बिष्ट भरुवा बन्दुक र छालासहित पक्राउ परेका हुन् ।

बिष्टको घरमा खानतलासी गर्दा एक थान भरुवा बन्दुक, सात राउन्ड गोली, दुई थान घोरलको छाला र एक थान रतुवाको छाला फेला पारेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ