बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु


धनगढी । बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

भिरबाट लडेर गौमुल गाउँपालिका–६, टाडाकोटका ५६ वर्षीया डम्बरबहादुर रोकायाको मृत्यु भएको हो ।

गाउँनजिकको वनमा बाख्रा चराउन गएका रोकायाको लडेर घटनास्थलमै मृत्यु भएको उनका आफन्त दीपेन्द्र रोकायाले जानकारी दिए । उनी भिरबाट करिब एक सय मिटर तल खोचको खसेका थिए ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ