धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहका अस्थायी र करार कर्मचारीलाई स्थायी बनाउन प्रस्तावित विधेयकविरुद्ध विद्यार्थी संगठनहरूको आज सातौँ दिनमा पनि आन्दोलन जारी छ। विधेयकविरुद्ध मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि निरन्तर धर्ना दिँदै आएका विद्यार्थीहरूले आज पनि प्रदर्शन जारी राखेका छन्।
विद्यार्थी संगठनहरूले उक्त विधेयकले खुला प्रतिस्पर्धाको अवसरलाई सीमित गर्ने र नयाँ उम्मेदवारहरूका लागि अन्याय हुने दाबी गर्दै आएका छन्। उनीहरूले विधेयक खारेज नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। विधेयक हाल प्रदेशसभामा छलफलको क्रममा रहेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले सबै पक्षसँग परामर्श गरी आवश्यक संशोधन गर्ने प्रतिबद्धता जनाएका छन्। तर, विद्यार्थीहरू विधेयक खारेज नभएसम्म आन्दोलन जारी राख्ने अडानमा छन्।
यसैबिच करार सेवामा कार्यरत कर्मचारीहरूले भने उक्त विधेयक हुबहु पारित गर्नुपर्ने माग राख्दै दबाब दिइरहेका छन्। शुक्रबार उनीहरूले प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गर्दै विधेयक पारित गर्न आग्रह गरेका थिए।






मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
सुकुमबासीले गरे माइतीघरमा प्रदर्शन
‘लालिबजार’ रोक्न सर्वोच्च पुगेकी रोशनी वादी प्रहरी नियन्त्रणमा
संसदमा प्रधानमन्त्रीको उपस्थिती नभएपछि बैठक बहिष्कार गरेका हौँ : हर्क साम्पाङ
सुकुमबासी हटाएको विरोधमा आन्दोलन घोषणा
१० बुँदे घाेषणा पत्र जारी गर्दै पारालिगल तालिम सम्पन्न
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
बालेनलाई सिके राउतको चेतावनी
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ : अर्थमन्त्री
बालेन सरकारविरुद्ध नेकपा संयुक्त आन्दोलन गर्ने