टेलर गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु


कञ्चनपुर। कञ्चनपुरमा टेलर गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु मृत्यु भएको छ । सोमबार पुनर्वास नगरपालिका – ९ “ख” गाउँ खाती चोकमा टेलर गाडीले ठक्कर दिँदा बैतडीको शिवनाथ गाउँपालिका – ५ सरमाईली घर भई हाल पुनर्वास नगरपालिका – ९ ‘ख’ गाउँ बस्दै आएका ४० वर्षीय सुन्दर सिंह साउदको मृत्यु भएको हो ।

पुनर्वासबाट धनगढी तर्फ आउँदै गरेको सुपप्र ०२–००१ क ५९२ नम्बरको गाडिले ठक्कर दिँदा साउँदको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रहरीले टेलर गाडी र टेलर गाडी चालक भीमदत्त नगरपालिका – ११ भुजेलाका ३८ वर्षीय पीताम्बर कलौनीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ