काठमाडौं । काठमाडौंको शंकरदेव क्याम्पसमा स्ववियु सभापतिले त्रिवि स्ववियुको कोष दुरुपयोग गरि भर्ना गरेको विषयमा विवाद हुँदा स्ववियु निर्वाचन अनिश्चित बनेको छ ।
स्ववियुले गरिब, पिछडिएका, अपाङ्ग तथा जेहनदार विद्यार्थीको नाममा रहेको कोषबाट स्ववियु सभापतिले ४ सयभन्दा बढि विद्यार्थीको भर्ना गरेको विषय उठेपछि एमाले निकट अनेरास्ववियुले तालाबन्दी गरेपछि त्यहाँ स्ववियु निर्वाचन अनिश्चित बनेको हो ।
स्ववियु सभापतिले नै फर्जी भर्ना गर्ने गलत काममा लागेपछि निर्वाचन गर्ने वातावरण नरहेको अनेरास्ववियुका एक नेताले बताए । उनले फर्जी विद्यार्थीको भर्ना खारेज हुनु पर्ने पनि बताए ।
शंकरदेव क्याम्पस स्ववियु निर्वाचन अधिकृत धूर्व सुवेदीले असामान्य परिस्थिति उत्पन्न भएकोले अर्को सूचना नआएसम्म स्ववियु चुनाव स्थगित भएको सूचना निकालेका छन् ।






रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
अधिकारकर्मी रूबी खानले तोडिन अनशन
हुम्लाको नेप्कामा भीषण पहिरो
बाजुरामा चौकी निर्माणमा अवरोध
सरकारले न्यायालयमा राजनीति छिरायो : वर्षमान पुन
प्रधानमन्त्री बालेनलाई कांग्रेसको अल्टिमेटम
बालेन सरकारले निजी क्षेत्रलाई आतंकित बनायो : रामकुमारी झाँक्री
गणेश पराजुलीले बोलेको रेकर्डबाट हटाइयो
अन्तर्राष्ट्रिय जगतमै लाज हुने गरी संसद्मा पत्रकारलाई दुःख नदिइयोस् : खगेन्द्र सुनार