हेडवय एजुकेशन फाउण्डेशनले ग¥यो सुदूर पश्चिममा पहिलो पटक हस्पिटालिटी मिट


धनगढी-हेडवय एजुकेशन फाउण्डेशनले गत सोमबार धनगढीको सौंराई स्वायरमा हस्पिटालिटी मिट गरेको छ ।
हस्पिटालिटी क्षेत्रका विज्ञ,शैक्षिक संस्थाका संचालक,शिक्षक,बिद्यार्थी र सरोकारवालाहरुलाई एकै ठाउँमा राखेर सुदूरपश्चिममा हस्पिटालिटी क्षेत्रको प्रर्बद्धन गर्ने उद्देश्यले मिट आयोजना गरिएको हो ।

५०० जना भन्दा बढी सहभागी रहेको उक्त मिटमा सो क्षेत्रका विज्ञहरुको प्रस्तुती प्रश्चात हस्पिटालिटी अध्ययनरत बिद्यार्थीहरुसंग अन्तरक्रिया गरिएको थियो ।

सुदूरपश्चिम एजुकेशनल हस्पिटालिटी मिट नामक कार्यक्रम मार्फत हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी देशको विकास र समृद्धीमा टेवा पुगोस भनेर कार्यक्रम गरिएको आयोजक संस्था हेडवय एजुकेशन फाउण्डेशन धनगढीका संचालक अमन ओखेडाले जानकारी दिए ।

कार्यक्रममा बेदान्त बिद्यापिठका संचालक एवं सुदूरपश्चिममा हस्पिटालिटी क्षेत्रको जग बसाल्ने दुर्गा जोशी, कैलाली बहुमुखी क्याम्पसका बिएचएम कोर्डिनेटर नरेन्द्र शाह लगाएतले सुदूर पश्चिममा हस्पिटालिटी अध्ययनका लागि आफूहरुले खेलेको भुमिकाका कारण आज यस क्षेत्रले फड्को मारेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री मेघराज खड्काले सुदूर पश्चिम प्रदेशमा पछिल्ला बर्षमा हस्पिटालिटी क्षेत्रले निकै फड्को मारेको चर्चा गर्दै शैक्षिक संस्थाहरुले गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने धारण व्यक्त गरे ।

ईन्टरनेशनल फाइभ स्टार चेन होटलका विज्ञहरु आईएचजि होटलका कलस्टर लर्निङ एण्ड क्वालिटी मेनेजर भिलास खत्री,द सोल्टी होटलका कलस्टर डाइरेक्टर अफ लर्निङ एण्ड डेभलपमेण्ट रुपेश श्रेष्ठ,ताज होटलका कलस्टर डाइरेक्टर अफ हुमन रिसोर्स लोमश कार्की,मेरिट होटलकी कलस्टर डाइरेक्टर अफ लर्निङ एण्ड डेभलपमेण्ट अञ्जना खड्का,सिद्धार्थ हस्पिटालिटिका कर्पोरेट एसोसियट डाइरेक्टर अफ हुमन सिसोर्स ब्रिजेश गुप्ताले हस्पिटालिटी क्षेत्रको विकासको सम्भावनालाई सार्थक बनाउने उपायबारे प्रस्तुति राख्ने थिए ।

सुदूरपश्चिम प्रदेशमा हस्पिटालिटी क्षेत्रको सम्भावना र अबसरबारे उनीहरुले आफ्ना अनुभव व्यक्त गर्दै आफूहरुले गरेको योगदानको चर्चा गर्दै बिद्याथीहरुलाई हौसला दिएका थिए । हस्पिटालिटी अध्ययन गरिरहेका विद्यार्थीसंग विज्ञहरुले प्रस्तुतीका क्रममा अन्तरक्रिया समेत गरेका थिए ।

विज्ञहरुले सुदूरपश्चिमका विद्यार्थीको हस्पिटालिटी इन्डस्टि प्लेटफर्ममा सुदूरपश्चिमका कलेजहरुसंग एमओयु समेत गरेका छन् ।
कार्यक्रमको अध्यक्षता हेडवय एजुकेशन फाउण्डेशन र हवटुर इन्टरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक श्रावण अवस्थीले गरेका थिए ।
हस्पिटालिटी क्षेत्रमा देशभरमै पहिलो पटक धनगढीमा यो कार्यक्रमको सुरुवात गरिएको र आगामी दिनमा पनि हस्पिटालिटी कलेज र इन्डस्टि पार्टनरमा सहकार्य गर्न आफु सधै तयार रहेको उनले बताए ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ