रुकुम पूर्व । प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक ‘प्रचण्ड’लाई रुकुम पूर्वको भुमे गाउँपालिका–१ लुकुममा खाम मगर समुदायको मौलिक संस्कारअनुसार भव्य स्वागत गरिएको छ ।

रुकुम पूर्व प्रवेशसँगै स्थानीय खाम मगर समुदायले सेतो टीका र परम्परागत पगरी लगाएर प्रचण्डलाई सम्मान व्यक्त गरेका हुन् । स्थानीय संस्कृति र परम्पराको सम्मानस्वरूप गरिएको स्वागत कार्यक्रममा ठूलो संख्यामा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

सोही अवसरमा भुमे गाउँपालिका–१ का वडाध्यक्षले वडाबासीहरूको तर्फबाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रचण्डसमक्ष स्थानीय विकास, पूर्वाधार, रोजगारी र सेवा–सुविधासँग सम्बन्धित मागहरू प्रस्तुत गर्नुभएको छ ।

स्थानीय मतदातालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले लुकुम गाउँलाई नमुना गाउँका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले जनताको सहभागितामा शिक्षा, स्वास्थ्य, सडक र रोजगारीलाई प्राथमिकतामा राखेर विकासका काम अघि बढाइने बताउनुभयो ।

प्रचण्डले रुकुम पूर्व जनआन्दोलन र परिवर्तनको ऐतिहासिक भूमि भएको उल्लेख गर्दै यहाँका जनताको भरोसा र अपेक्षालाई नीति र कार्ययोजनामार्फत पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।






गणेश नेपालीको निधनपछि माइतीघरमा प्रदर्शन
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
गणेश नेपालीको न्यायका लागि लड्न नेकपा सांसद विश्वकर्माको अपिल
गणेश नेपालीकाे आत्मदाह प्रयासप्रति स्वतन्त्र दलित नागरिक समाजकाे ध्यानाकर्षण
कृषि स्नातकको भविष्यबारे सरकारलाई सुनिता न्हेमाफुकीकाे प्रश्न, नीतिगत सुधारको माग
संविधान संशोधनको बहस : दलितका अधिकार संकुचनको जोखिम !
संविधान संशोधनकाे बहस : दलितका सवालबारे विमर्श
संविधान संशोधनमा दलितकाे चासो