‘प्रचण्ड’ रुकुमको मैकोटमा


रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक ‘प्रचण्ड’ रुकुमपूर्वको ऐतिहासिक गाउँ मैकोट पुगेका छन्।

जनयुद्धको उद्गमस्थलका रूपमा चिनिने रुकुमका विभिन्न स्थानको भ्रमणका क्रममा प्रचण्ड मैकोट पुगेर स्थानीय बासिन्दासँग भेटघाट गर्नुका साथै तस्बिर खिचाएका हुन्।

स्थानीय नेता–कार्यकर्ता र सर्वसाधारणको उपस्थितिमा उनले मैकोटको ऐतिहासिक महत्वबारे चर्चा गर्दै परिवर्तनका लागि रुकुमले खेलेको भूमिकाको स्मरण गरे। सो अवसरमा उनले सहिदहरूको योगदानको सम्मान गर्दै शान्ति प्रक्रिया र संविधानमार्फत प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने बताएका थिए।

मैकोट भ्रमणका क्रममा खिचिएका तस्बिरहरू अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। स्थानीयवासीले प्रचण्डसँग सामूहिक तस्बिर खिचाउँदै गाउँको विकास, सडक, शिक्षा र स्वास्थ्यका विषयमा ध्यान दिन आग्रह गरेका थिए।

रुकुमपूर्वमा जारी कार्यक्रममा सहभागी हुन पुगेका प्रचण्डले यहाँका ऐतिहासिक स्थलहरूको अवलोकन गर्दै पार्टीका कार्यकर्तासँग छलफल समेत गरेका


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ