धनगढी, फागुन १५ । कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आले लाई धनगढी उपमहानगरपालिका–४ शिवपुरी क्षेत्रका मतदाताले जिताउने बचन दिएका छन्।
घरदैलो अभियानका क्रममा मत माग्न पुगेका आलेसँग स्थानीयवासीले प्रत्यक्ष संवाद गर्दै “यसपटक हामी तपाईंलाई जिताउँछौं” भन्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
शिवपुरी टोलका घर–घरमा पुगेका उनले विकास निर्माण, सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवामा सुधारका योजना प्रस्तुत गरेका थिए। मतदाताले विगतका कामको समीक्षा गर्दै यसपटक साथ दिने आश्वासन दिएका थिए।
घरदैलो भेटघाटका क्रममा देखिएको उत्साहजनक सहभागिताले आफू थप जिम्मेवार र प्रतिबद्ध बनेको आलेले बताएका छन्। “जनताको विश्वासलाई म सम्मान गर्छु। जितेपछि कामबाटै प्रमाणित गर्नेछु,” उनले भने।
निर्वाचन नजिकिँदै जाँदा कैलाली–५ मा चुनावी माहोल झन् सक्रिय बन्दै गएको छ।






गणेश नेपालीको निधनपछि माइतीघरमा प्रदर्शन
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
गणेश नेपालीको न्यायका लागि लड्न नेकपा सांसद विश्वकर्माको अपिल
गणेश नेपालीकाे आत्मदाह प्रयासप्रति स्वतन्त्र दलित नागरिक समाजकाे ध्यानाकर्षण
कृषि स्नातकको भविष्यबारे सरकारलाई सुनिता न्हेमाफुकीकाे प्रश्न, नीतिगत सुधारको माग