काठमाडौं । इरानको होर्मोजगान प्रान्तमा रहेको एक विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी ज्यान गुमाउने विद्यार्थीको संख्या २४ पुगेको छ।
दक्षिणी इरानको होर्मोजगान प्रान्तअन्तर्गत मिनाब सहरस्थित एक बालिका प्राथमिक विद्यालयमा भएको आक्रमणमा प्रारम्भिक विवरणअनुसार पाँच जनाको मृत्यु भएको बताइएको थियो। तर पछिल्लो विवरणअनुसार मृतकको संख्या बढेर २४ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।
उक्त घटनापछि इरानभरि सुरक्षा अवस्था तनावग्रस्त बनेको छ। इरानको राजधानी तेहरानसहित विभिन्न सहरहरूमा लगातार विस्फोटका आवाज सुनिएको बताइएको छ।
तेहरानस्थित इरानका सर्वोच्च नेताको कार्यालय तथा राष्ट्रपतिको कार्यालयलाई समेत निशाना बनाइएको दाबी गरिएको छ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको र क्षतिको यकिन आकलन जारी रहेको जनाइएको छ।






धनुषा–१ मा विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिएको भन्दै नेकपाको आपत्ति
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
रोल्पामा समानुपातिकमा नेकपा पहिलाे
हर्कको श्रम संस्कृति पार्टीले कटायो थ्रेसहोल्ड
समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल बन्दै
प्रेम आलेसहित कैलाली–५ का उम्मेदवार खुल्ला बहसमा
‘खुला बहस छाेडेर हिँडे’ यज्ञराज ढुंगाना
‘पदम विश्वकर्मा : जनयुद्धले जन्माएको वैचारिक नेता’
‘प्रेम आलेलाई मतदाताले दिए जिताउने बचन’
कैलाली–५ मा ‘प्रेम आले’को बढ्दो चर्चा