काठमाडौं । कमलपोखरीस्थित सानदार मःमः पसलमा ग्यास सिलिन्डर विस्फोटमा मृत्यु हुने तीन जना पुगेका छन्।
शुक्रबार घाइते थप एकजनाको मृत्यु भएको अभियन्ता उज्ज्वलविक्रम थापाले जानकारी दिएका छन्। अझै आठजनाको स्वास्थ्य अवस्था जटिल रहेको उनको भनाइ छ।
गत माघ २४ गते ग्यास विस्फोट हुँदा १४ जना घाइते भएका थिए। जसमध्ये ११ जनालाई अस्पताल लगिएको र तीनजना सामान्य घाइते भएका थिए। दुई जनाको यसअघि नै मृत्यु भएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विस्फोट हुँदा घाइते सबैको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरु मःमः पसलकै कामदार हुन्।






पर्यावरणीय सभ्यताबारे सि जिनपिङको विचारमाथि छलफल
२८ दिनपछि इनिसा विकको दाहसंस्कार गरिदैँ
इजरायली विभेदकारी कानूनविरुद्ध सहयात्रा अन्तर्राष्ट्रिय एलायन्सको आपत्ति
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
बालेन सरकार अजित मिजारकाे शव कहिले उठ्छ ?