सरकारका गलत कामको विरोधमा उत्रिन हर्क साम्पाङको निर्देशन


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीलाई केवल राजनीतिक शक्ति नभई सामाजिक रूपान्तरणको अभियानका रूपमा प्रस्तुत गरेका छन्।

शनिबार खोटाङको दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै साम्पाङले मोलमिलाप, चेतना, जागरणको अभियान र श्रमदान गरेर विकासमा टेवा आफूहरुको उद्देश्य रहेको उनले बताएका हुन्।

‘हाम्रो पार्टी राजनीति गर्ने मात्र होइन, सामाजिक अभियान पनि हो। मेलमिलापको अभियान र चेतनाको अभियान पनि हो, जागरणको अभियान हो। साथै श्रमदान गरेर विकासमा टेवा पुर्‍याउने पार्टी पनि हो,’उनले भने।

उनले पार्टीले भ्रष्टाचार, दलाली र कमिसन घुसखोरी काम नगर्ने बाचा गरेका छन्। ‘म तपाइँलाई के बचन दिन्छु भने मोलमोलाइ, दलाली, भष्ट्रचार, कमिसन वा घुसखोरी काम कदापि गर्ने छैनौं । आफ्ना सांसदलाई पनि सचेत गराई रहेको छु,’ उनले भने।

आफ्ना पेट पाल्न र पेट बढाउनको लागि होइन देश बनाउन, बचाउन र देशको सुधारको लागि लाग्ने उनले बताए।

‘आफ्ना पेट पाल्न र पेट बढाउनको लागि होइन, देश बनाउन र बचाउनको लागि हो । देश सुधार लागि लाग्ने छौं,’ उनले भने।

उनले सुशासनको पक्षमा दृढतापूर्वक उभिने र वर्तमान सरकारका गलत कार्यहरूको विरोध गर्ने प्रतिबद्धता व्यक्त गरे।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ