धनगढी-गायनमा भविश्य खोज्दै अछामबाट धनगढी हानिएका समिर परियार “सुदूरपश्चिम सिङ्गिङ स्टार” बनेका छन् ।
अछाम चौरपाटी गाउँपालिका-५ लुङ्ग्राका समिर २५१ जनालाई उछिन्दै चर्चित गायन ‘रियालिटि शो’ “सुदूरपश्चिम सिङ्गिङ स्टार” बनेका हुन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा असोज १२ गतेदेखी ‘रियालिटि शो’
संचालनमा आएको थियो ।
ड्रिम्स इन्टरटेनमेन्ट प्रिजेन्टले आयोजना गरेको सिङ्गिङ एन्ड डान्सिङ स्टारको प्रतियोगिताको गायन तर्फ समीरले सेमिफाइनल पार गर्दै फाइनल राउन्डमा पुगेका थिए ।
आधुनिक,लोक,पप सबै जनराका गीत गाउन सक्ने भर्सटायल आवाज भएका समिर पछिल्लो युवा पुस्ताका चर्चित गायक हुन् । विभिन्न मेला महोत्सवमा व्यस्त उनि विगत केही बर्षदेखी धनगढीमा सांगितिक क्षेत्रमा संघर्ष गरिरहेका छ्न् । धनगढीमा विभिन्न दोहोरी साझहरुमा लाईभ म्यूजिक गायनमा समेत उनको अनुभव रहेको छ ।
उनले फाइनल राउन्डमा भोटिङ मार्फत सबैलाई उछिन्दै विजेता बनेका हुन् । आफु विजेता बन्नुमा उनले सम्पूर्ण गीत सङ्गीत प्रेमीलाई दिएका छन् । दर्शक,स्रोताको माया र साथसहयोगले आफु विजेता बनेको उनले बताए ।






गणेश नेपालीको निधनपछि माइतीघरमा प्रदर्शन
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
गणेश नेपालीको न्यायका लागि लड्न नेकपा सांसद विश्वकर्माको अपिल
गणेश नेपालीकाे आत्मदाह प्रयासप्रति स्वतन्त्र दलित नागरिक समाजकाे ध्यानाकर्षण
कृषि स्नातकको भविष्यबारे सरकारलाई सुनिता न्हेमाफुकीकाे प्रश्न, नीतिगत सुधारको माग