काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले अघि बढाएको ‘जनतासँग माओवादी, तराई मधेश जागरण अभियान’ले देशको दक्षिण क्षेत्रमा बस्ने जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रूपमा स्थापित गर्ने बताएका छन् ।
अभियानअन्तर्गत बिहीबार सुनसरीको बर्जुमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमा अध्यक्ष प्रचण्डले राज्यले दक्षिण भेगमा बस्दै आएका नागरिकमाथि वर्षौंदेखि विभेद गरिरहेकाले यसविरुद्ध संघर्षको झण्डा उठाउन अभियान थालिएको जिकिर गरे ।
जति दक्षिणतिर पुग्यो उति नै विभेद र अभाव धेरै पाएको उल्लेख गर्दै उनले भौतिक पूर्वाधारको विकासका लागि राज्यको ध्यानाकर्षण गराउन, पार्टीको तर्फबाट गर्न सकिने कामको पहल लिन र मानवीय विकास तथा सचेतनाका लागि पनि यो अभियान फलदायी हुने विश्वास व्यक्त गरे ।
पार्टीले उत्पीडित वर्गको पक्षमा गरेको बलिदानीपूर्ण आन्दोलनबाट धेरै अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयनमा गति नआएको उनले बताए । आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारले जनताको पक्षमा थालेको काममा अवरोध गर्न सरकार नै परिवर्तन गरिएको प्रचण्डको भनाइ छ । अहिलेको सरकारले भ्रष्ट, दलाल र विचौलियाको सेवा गर्नुबाहेक जनताको पक्षमा अरु कुनै काम नगरेको उनले आरोप लगाए ।
आफूले सरकारको नेतृत्व गर्दा धेरै मेहनत गरेर रासायनिक मलको आपूर्ति सहज गरिएको दाबी गर्दै प्रचण्डले अहिले फेरि समस्या देखिन थालेको बताए ।






१० बुँदे घाेषणा पत्र जारी गर्दै पारालिगल तालिम सम्पन्न
हुम्लामा फेला परे डेङ्गुका बिरामी
रौतहटमा चार सय घर टहरा हटाइँदै
त्रिविका पदाधिकारीले दिए सामूहिक राजीनामा
मधेश भवनको गेटमा धर्नामा बसे सुकुम्वासी
राज्यको डोजर आतंकले ‘हार स्वीकारेका’ सुकुमबासी !
सुकुम्बासीलाई कहाँ-कहाँ राखिँदैछ ?